अमेरिकामा ११४३ न्हुदयाँ भिन्तुना तथा म्ह : पूजामा पुगेका पाहुनाको रहेन खुशीको सिमा — OSNepal

अमेरिकामा ११४३ न्हुदयाँ भिन्तुना तथा म्ह : पूजामा पुगेका पाहुनाको रहेन खुशीको सिमा

LC (KTM) November 03, 2022 0

काठमाडौँ । ११४३ न्हुदयाँ भिन्तुना तथा म्हस्पुजा कार्यक्रम अमेरिकाको क्यालिफोर्निया राज्यको सान्ता रोजा शहरमा धुमधामले मनाइएको छ ।

ठूलो संख्यामा उपस्थित नेवार समुदाय तथा विभिन्न पेशा व्यबसायका ब्यक्तिहरुको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा नेवारी संस्कृतिका विभिन्न झलकहरुको प्रस्तुति, गीत र संगीत लगायत विभिन्न मनोरंजनका कार्यक्रम साथै स्वादिष्ट नेवारी भोजनको पनि ब्यबस्था गरिएको थियो ।

सो अवसरको सबैभन्दा आर्कषणको केन्द्रबिन्दु थियो म्ह : पूजा । म्हस्पुजाका अवसरमा उपस्थित पाहुनाहरुले सान फ्रान्सिस्को बे एरिया भएता पनि नेपालकै झल्को दिएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

अर्गनाइजेशनका अध्यक्ष देवेन्द्र श्रेष्ठ, सचिव सुरज माली, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा पूर्व अध्यक्ष तथा सल्लाहकार बुद्ध महर्जनले उपस्थित सम्पूर्ण पाहुनाहरुसँग भलाकुसारी गरेको कार्यक्रमको आयोजना नेवा अर्गनाइजेसन अफ अमेरिका नर्दन क्यलिफोर्नियाले आयोजना गरेको हो । Photo: SURAJKMALI


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर