निरन्तर परेको वर्षाले जनकपुर डुबानमा — OSNepal

निरन्तर परेको वर्षाले जनकपुर डुबानमा

LC (KTM) June 29, 2021 0

बिहान परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न छन् ।

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर