• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

क्यानडामा अत्यधिक गर्मीका कारण सामान्य जनजीवन प्रभावित बन्दै, अझै बढ्ने चेतावनी

क्यानडामा अत्यधिक गर्मीका कारण सामान्य जनजीवन प्रभावित बन्दै, अझै बढ्ने चेतावनी


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • १:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 5.9K
    SHARES

    न्यूयोर्क-लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ ।अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ । वासिङ्टन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको हो ।

    ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ ।केही शहरहरूले स्थानीय बासिन्दाहरूका लागि वातानुकुलित क्षेत्रमा बस्न पाउने सुविधासहितका शितल केन्द्रहरू खुला गरेका छन् ।अमेरिकाको उत्तर पश्चिम र क्यानडामा केही सातादेखि निरन्तर तापक्रम बढ्दै गएको बताइएको छ । विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन् ।

    विज्ञहरुले जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्यधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन् ।एनडब्लुएसले अझै केही दिन तापक्रम बढ्न सक्ने बताएको छ । वासिङ्गटन र ओरिगन राज्यमा तापक्रम औषतभन्दा २०–३० डिग्री फरेनहाइटभन्दा माथि रहन सक्ने जनाइएको छ ।सियाटल र पोर्टल्याण्डमा आइतबार र सोमबार दुवै दिन अहिलेसम्मकै उच्च तापक्रम रहन सक्ने चेतावनी दिइएको छ । सियाटलमा शनिबारको तापक्रम १०१ डिग्री फरेनहाइट पुगेको थियो, यो जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम हो । (रासस÷सिन्ह्वा)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend