कमाउन भन्दै एक महिनाअघि मात्र माल्टा पुगेकी नेपाली युवती बिनिताको डेंगुका कारण निधन, माल्टा पुगेको भोलिपल्टै परेकी थिइन् थला — OSNepal

कमाउन भन्दै एक महिनाअघि मात्र माल्टा पुगेकी नेपाली युवती बिनिताको डेंगुका कारण निधन, माल्टा पुगेको भोलिपल्टै परेकी थिइन् थला

LC (KTM) November 04, 2022 0

काठमाडौँ। डेंगु संक्रमणबाट माल्टामा एक नेपाली युवतीको निधन भएको छ। निधन हुनेमा इलाम कन्यामकी बिनिता ढुंगेल रहेकी छन् । रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो। ।

उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर