७० हजारको मेकअप गराएर पार्लरबाटै फरार भइन् बेहुली, यसरी पक्राउ गर्न सफल भयो प्रहरी — OSNepal

७० हजारको मेकअप गराएर पार्लरबाटै फरार भइन् बेहुली, यसरी पक्राउ गर्न सफल भयो प्रहरी

LC (KTM) November 04, 2022 0

काठमाडौं- ७० हजारको मेकअप गराएर पार्लरबाटै बेहुली फरार भएको अचम्मको घटना बाहिर आएको छ । यो अचम्मको घटना हो बेलायतको । दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि पार्लर आएर मेकअप गरार पनि ७० हजार रुपैयाँ बिल नतिरी पार्लरबाट फरार भएकी छन् ।

करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फिलर गराएर आफ्नो काम सकिएपछि उनी पैसा तिर्नका लागि कारबाट ब्याग ल्याउँछु भन्दै गएकी उनी उतैबाट फरार भएकी हुन् ।

पार्लरकी सञ्चालिका सार्लोट ब्रिजेसका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेकअपका लागि अपोइन्टमेन्ट बुक गरेकी थिइन् । उनी एक जना बहिनीलाई लिएर पार्लरमा आएकी थिइन् ।

केहीबेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरार भए सार्लोटले भनिन् । हुनेवाला बेहुलीले मेकअपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रहरीमा उजुरी दिइन् ।

पार्लरमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्रहरीले ती युवतीको खोजी गरी ति बेहुली पक्राउ परेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर