बलिउडमा एकै फिल्ममा काम गर्दा हिरोको भन्दा बढी पारश्रमिक लिने यी हुन् हिरोइनहरु , कसले कति कति लिए त जान्नुहोस् — OSNepal

बलिउडमा एकै फिल्ममा काम गर्दा हिरोको भन्दा बढी पारश्रमिक लिने यी हुन् हिरोइनहरु , कसले कति कति लिए त जान्नुहोस्

LC (KTM) June 29, 2021 0

बलिउडमा मात्र नभएर सबैतिर एउटै खबर सुन्न पाईन्छ त्यो हो हिरोको भन्दा जहिल्यै पनि हिरोइनको पारश्रमिक कम हुन्छ । कैयौ पटक त हिरोईनहरुले यो बिषयलाई लिएर आवाज समेत उठाएका छन् । तर बलिउड फिल्म उद्योगमा यस्तो खबर पछि छ जबकि एउटै फिल्ममा काम गरे बापत हिरोको भन्दा हिरोईनको पारश्रमिक बढि छ । यी हिरोईनहरुको लिस्टमा दीपिका पादुकोण, माधुरी दीक्षित, ऐश्वर्या राय लगायत रहेका छन् ।

ऐश्वर्या–अभिषेक बच्चन

ऐश्वर्या–अभिषेक बच्चन रियल लाईफमा दम्पत्ति हुन् । दुई जनाकै केमेस्ट्रि पर्दामा पनि देख्न सकिन्छ । तर ऐश्वर्या लाई अभिषेकको भन्दा ज्यादा पैसा मिलेको खबर छ । यसका बारेमा खुद ऐश्वर्याले बताएकी छिन् । २०१८ मा मा एक इभेन्टमा अभिषेकले बताएका थिए– मैले मेरो श्रीमती संग ९ फिल्ममा काम गरे त्यसमध्ये ८ मा मलाई भन्दा उनलाई बढी पैसा दिइएको थियो । यो एउटा ब्यवसायिक कुरा हो । यदि तपाई बिक्न लायक कलाकार हो भने तपाईलाई पैसा पनि त्यहि अनुसार प्राप्त हुन्छ । तपाई नयाँ कलाकार हुनुहुन्छ भने शाहरुख खानको जति पैसा माग्न सक्नु हुन्न ।

दीपिका–अमिताभ

अभिनेत्री दीपिका पादुकोण आजभोली टप अभिनेत्रीको लिस्टमा रहेकी छिन् । उनले पद्यमावत, बाजीरावमस्तानी, छपाक जस्ता हिट फिल्म दिएकी छिन् । उनले अमिताभ बच्चन संग पींकमा समेत काम गरेकी थिईन् । जसका लागि उनलाई अमिताभ भन्दा बढी पैसा मिलेको थियो । फिल्मको प्रमोशनको दौरानमा अमिताभले स्यंम यो कुराको खुलासा गरेका थिए ।

दीपिका–शाहिद–रणबीर

दीपीकालाई पींकमा मात्र नभई फिल्म पद्यमावतमा समेत राम्रै पारश्रमिक मिलेको थियो । उनको यस फिल्ममा शाहिद कपुर र रणबीर सिंह भन्दा बढी पारश्रमिक पाउन सफल भएकी थिईन् ।

करिना–शैफ

करीना कपुर खान तथा सैफ अलि खान दुई सन्तानको प्यारेन्ट्स बनिसकेका छन् । उनीहरु आफ्नो बैबाहिक जिवनमा खुशी रहदै आएका छन् । फिल्म कुर्बानको लागि करीनालाई सैफको भन्दा बढी पारश्रमिक मिलेको थियो ।

कंगना रनावत –इमरान खान

कंगना रनावत र इमरान खान फिल्म कट्टी–बट्टीमा एकैसाथ देखिएका थिए । यस फिल्ममा पनि इमरान खान भन्दा बढी पारश्रमिक कंगनाले लाई दिइएको थियो ।

माधुरी दीक्षित–सलमान खान

सलमान खान तथा माधुरी दीक्षितको जोडी सबैलाई मनपर्ने जोडी मध्ये एक हो । माधुरी आफ्नो समयको सबैभन्दा हाइरेटेड अभिनेत्रीमध्ये एक हुन् । एकपटक ट्विट गर्दै अनुपम खेरले बताएका थिए कि फिल्म हम आपके है कौन का लागि सलमान भन्दा माधुरीले बढी पारश्रमिक लिएकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर