• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ३:१० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.4K
    SHARES

    काठमाडौँ, १५ असार- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो ।

    बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत हुनुहुन्छ । एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी हुनुहुन्छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend