हट नायिका शिल्पा शेट्टी यसरी रहन्छिन् फिट एन्ड फाइन, खोलीन् आफ्नो भित्री रहस्य — OSNepal

हट नायिका शिल्पा शेट्टी यसरी रहन्छिन् फिट एन्ड फाइन, खोलीन् आफ्नो भित्री रहस्य

LC (KTM) June 29, 2021 0

अभिनेत्री शिल्पा शेट्टी योग गुरुका रूपमा प्रसिद्ध छिन् । आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी छिन् । खासगरी महिलाहरूले उनको सीडी हेरेर योग सिक्ने गरेका छन्।

योग गर्नाले आफ्नो तन र मन दुवै फुर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ । तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिने भएकाले उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् । मेकअपबिनै उनी बाहिर गइन् भने धेरैले फिल्मी शिल्पाको तुलनामा उनलाई नराम्री नै भन्छन् ।

सुन्दर देखिन उनी किहिल्ज अल्ट्रा फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । अनुहारमा जस्तै अवस्थामा पनि साबुन लगाउनु हुँदैन भन्नेमा उनी दृढ छिन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी अइल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् । कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्याम्पू र कन्डिसनर बदलिरहन्छिन् । एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर लगाउनाले कपाल बिग्रने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर