‘हाम्रो टिम नेपाल’का अभियन्ताहरुमाथी किन हस्तक्षेप गर्यो प्रहरीले ? — OSNepal

‘हाम्रो टिम नेपाल’का अभियन्ताहरुमाथी किन हस्तक्षेप गर्यो प्रहरीले ?

LC (KTM) June 29, 2021 0

काठमाडौं । बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन् । अनामनगरमा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी टहरा बनाएको आरोपमा सोमबार पक्राउ परेका उनीहरुलाई रिहा गरिएको छ ।

काठमाडौं महानगरपालिकाले अभियन्ताले निषेधाज्ञामा मजदुरलाई खाना खुवाउन बनाएको टहरा पनि हटाइदिएको छ । यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्नका लागि टहरा भत्काइएको बताए ।

उनका अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको हो । झन्डै एक वर्षदेखि नै ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताएका छन् । हरियाली पार्कमा बनाउन तयारी सबै पूरा भएको अवस्थामा पटक पटक त्यहाँबाट हट्न भनिए पनि नहटेको पनि उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले भने बाध्य भएकार टहरा हटाउनुपरेको बताएका छन् । उनका अनुसार पटक–पटक टहरा हटाउन आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाएको उनले बताए ।

अभियन्ताहरुको काममा आफ्नो विमती नरहेको तर अभियानका नाममा सरकारी जग्गा कब्जा गरेर हरियाली पार्क बनाउने काममा भने बाधा देखिएको उनको भनाई छ । यसरी टहरा हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर आफूहरुले कदम चालेको उनले पुनः दोहोर्याए ।

अभियन्ता सपना रोका मगर भने महानगरपालिकाले सहमतीविपरीत टहरा भत्काएको बताएकी छन् । उनका अनुसार अनामनगरको पूर्वी गेट नजिकै रहेको रहेको खाली जग्गामा अस्थायी संरचना बनाउन वडा नं. २९ सँग सहमति गरिएको थियो । हेर्नुहोस तलको भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर