पर्वतमा विकाशको बाडी ल्याउँछु, मलाई जिताउनुहोस् : काँग्रेस नेता अर्जुन प्रसाद जोशी — OSNepal

पर्वतमा विकाशको बाडी ल्याउँछु, मलाई जिताउनुहोस् : काँग्रेस नेता अर्जुन प्रसाद जोशी

LC (KTM) November 08, 2022 0

काठमाडौँ । २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ मारेका काँग्रेसका आशा गरिएका नेता हुन् अर्जुनप्रसाद जोशी । अहिलेसम्म ह्याभी वेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाशमा राम्रो भूमिका खेल्न सक्ने अर्जुनलाई यसपटक पनि चुनौती बनेर उभिएका छन् एमाले नेता पदम गिरी । जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ ।

अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ । अझै साथमा छ माधव नेपालको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन् यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई तपाईले जित्छु भन्ने आधारहरु के के छन् भनेर सोधेका छौँ ।

चुनावको मिति नजिकिँदै गएको छ रु ढुकढुकी कत्तिको बढेको छ ?
सुन्दर नगरी पर्वतको उकाली ओराली अनी घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ ।

२०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयी हुँदै ‘हृयाट्रिक’ मार्नुभएको तपाईलाई एमाले नेता गिरीले ०७४ मा पराजित गर्नुभयो । गिरीसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको ?

त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्धतले पदले त्यतिबेला जित्नु भयो अहिले माओवादी र एकिकृत समाजवादीसहितको ५ दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले उक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो ?
अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकाश गर्छ , समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनातामा राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले बिगतमा गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरु म आएपछि फेरी गर्नुछ ।

२०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयले के सिक्नुभयो यहाँले ?
२०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकाशको एकखालको लहर चलाएँ । तर २०७४ को पराजयलाई मैले गम्भिर भएर समिक्षा गरेको छु । हिजो के कस्ता कमीकमजोरीहरु भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महशुस गरेको छु ।

यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नु भएको थियो , यस पटक उक्त विषय यहाँको नजरमा छ की छैन ?
मोदी खोला माथीको पक्की पुल पर्वतबासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकाशका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा पूर्ण रुपमा पहल गनेछौँ ।

तीन पटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनु भएन ? यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला ?
गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रिय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलीका दिनमा म मन्त्री बन्न सक्छु ।

अर्को पटक पनि चुनाव लड्ने इच्छा छकी यही अन्तिम हुन्छ यहाँको ?
राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरुलाई अवसर दिनुपर्छ भनेको हो । तर अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेद्धावार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनितीज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर