बेलायतमा सम्पन्न मगर गट ट्यालेन्ट प्रतियोगितामा जे देखियो — OSNepal

बेलायतमा सम्पन्न मगर गट ट्यालेन्ट प्रतियोगितामा जे देखियो

LC (KTM) November 08, 2022 0

मगर संघ यूकेको, युथ विभागले हरेक वर्ष संचालन गर्दै आएको “पाँचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित दि प्यालेस रेष्टुरेण्टमा सम्पन्न भएको छ । मगर गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर सुश्री स्वेक्षा तिलिजा पुन मगरले विजय हासिल गरेकी छिन् । त्यसैगरी प्रथम उपविजेता सुश्री लिकोन गुरुङ र द्वितीय उपविजेता सुश्री साक्षी मगर भएकी छिन् । प्रथम उपविजेता र दोस्रो उपविजेताले नगद पुरष्कार सहित ट्रफी र प्रमाणपत्रले सम्मानित भएका छन् ।

उक्त प्रतियोगितामा दश जना प्रतियोगीहरुले प्रतिनिधित्व गर्दै भाग लिएका थिए । प्रतियोगितामा भाग लिनेहरु तथा आ–आफ्नो प्रस्तुति दिनेहरु सुश्री रोनिश आले रेडिङ्ग, सुश्री अजिता आले टनब्रिज, सुश्री रुविना थापा प्लमस्टेड, सुश्री लिकोन गुरुङ वकिङ्ग, क्याप्टेन वीर बहादुर थापा फार्नबरो, श्री विवेक थापा लिम्बु अल्डर्सट, सुश्री आइशा थापा वेम्ब्ली, सुश्री अन्जली पुन प्लमस्टेड, सुश्री स्वेक्षा तिलिजा पुनमगर फार्नबरोले भाग लिएका थिए ।

मगर गट ट्यालेन्ट प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोक दोहोरी गायिका जुना श्रीस, सु–प्रसिद्ध कलाकारहरु श्रीमती कविता घर्ति मगर गुरुङ र श्री शेखर घर्ति मगर रहेका थिए । कार्यक्रममा तेस्रो मगर गट ट्यालेन्टका विजेता तथा नायिका सलिना थापाको विशेष नृत्य प्रस्तुति भएको थियो ।

मगर संघ युके युथ विभागका अध्यक्ष अनिल थापाको अध्यक्षतामा संचालित सो कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेको अध्यक्ष सीता पुनको अध्यक्षतामा थियो भने कार्यक्रम दिपक थापा मैथाने मगर, यमुना आले र सरुपा थापा मगरले संचालन गरेका थिए ।
उक्त कार्यव्रmममा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान दिए बापत सुनिल राना, किशोर राना, सेलिना थापा र दिपक थापा मैथाने मगरलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गह मगर, नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, निवर्तमान अध्यक्ष सुनिल राना, पूर्व अध्यक्ष दुत पुन, मगर संघ युकेका ट्रष्टिहरु राजेन राना र क्याप्टेन टम धेगा मगर, मगर महिला संघ युकेका निवर्तमान अध्यक्ष विष्णु श्रीस, मगर संघ युकेका उपाध्यक्षहरु होम रोका र रुद्र थापा, मगर संघ युके शाखा समितिका अध्यक्षहरु ऋषिराम राना, दल थापा, सोब रेघामी मगर साथै मगर संघ युके भरिबाट विभिन्न प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर