ओठको शल्यक्रिया गर्न बेलायत गएकी यी टिकटक स्टारलाई आई पर्यो अर्को बिपत — OSNepal

ओठको शल्यक्रिया गर्न बेलायत गएकी यी टिकटक स्टारलाई आई पर्यो अर्को बिपत

LC (KTM) November 09, 2022 0

पाकिस्तानी टिकटकर हरिम शाहले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो एउटा भिडियो सेयर गरेकि छिन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोको विशेष कुरा यो हो कि उनले आफ्नो ओठको शल्यक्रियापछि यो भिडियो बनाएकि हुन् । यो भिडियोमा उनको ओठ सुन्निएको देख्न सकिन्छ ।

तर यो भिडियोको सबैभन्दा खास कुरा के छ भने उनले आफ्नो ओठको आधा मात्रै शल्यक्रिया गरेकि हुन् । जसका कारण उनको लुक निकै फनी देखिन्छ । आखिर आधा ओठको शल्यक्रिया किन गरिन हरिमले ? भिडियोमा हरिम शाहले आफू ओठको शल्यक्रियाका लागि बेलायत आएको बताएकी छिन् । उनको ओठको शल्यक्रिया सुरु भएको थियो कि आधा ओठको शल्यक्रिया गरेपछि मात्रै उनलाई फोन आउँछ । त्यो कलमा, पाकिस्तानी एफआईएले पाकिस्तानमा उनको बैंक खाता सिल गर्न आदेश दिएको बताइएको छ।

अब हरिमसँग पैसा नभएकाले शल्यक्रिया पनि गर्न पाईनन् । तर उनको ओठको आधा शल्यक्रिया भइसकेको छ । आधा ओठ फिलर गरिसकेपछि हरिमले त्यसैलाई छाडिदिइन् । कुरा के थियो भने सामाजिक सञ्जालमा दुई बन्डल ब्रिटिश पाउण्ड लिएर बसेर नोटको बन्डल देखाउँदै हरिमले पाकिस्तानबाट पहिलो पटक यति ठूलो रकम लिएर लन्डन आएको बताएकी थिइन् ।

त्यसपछि के थियो, एफआईएले यो भिडियोको छानबिन गर्न थाल्यो । त्यसपछि उनको खाता सिल गरिएको थियो । पाकिस्तानको संघीय राजस्व बोर्डका अनुसार कुनै पनि यात्रुले अनुमतिबिना १० हजार डलरभन्दा बढी विदेशी मुद्रा लैजान नपाउने तर कुनै पनि यात्रुले विदेशी मुद्रा पाकिस्तानमा ल्याउन सक्ने नियम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर