कुरा काट्ने मान्छेले काटुनका गायक सुवास पुरीको प्रस्तुतीमा तयार ‘छैन है गुनासो’मा अञ्जना र विक्रम — OSNepal

कुरा काट्ने मान्छेले काटुनका गायक सुवास पुरीको प्रस्तुतीमा तयार ‘छैन है गुनासो’मा अञ्जना र विक्रम

LC (KTM) November 09, 2022 0

काठमाडौं, २३ कात्तिक । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।

सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना, नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ । मोडलिङमा आएको छोटो समयमा नै मोडल अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर