दुई महिनादेखि बन्द भएका सवारी साधन सञ्चालनमा,बिहान ६ बजेदेखि साँझ ७ बजे सञ्चालन गर्न दिइने — OSNepal

दुई महिनादेखि बन्द भएका सवारी साधन सञ्चालनमा,बिहान ६ बजेदेखि साँझ ७ बजे सञ्चालन गर्न दिइने

LC (KTM) June 29, 2021 0

दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी सधानको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पु¥याइएको छ । यस अघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।

औषधि, दुधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ । उद्योग तथा कलकारखाना सार्वजनिक तथा नीति निर्माणका कार्य जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्न दिइने छ । कोरोना महामारीको सङ्क्रमण दर कम हुनथालेपछि जेठ अन्तिम मसान्तदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो । खुला ठाउँमा भेला हुन, जुलुस, जात्रा, भीडभाड, सभासम्मेलन, तालिम, गोष्ठीमा भने रोक लगाइएको छ ।

विवाह ब्रतवन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जना बाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितीमा गर्न नपाई नियम लागु गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर