ऋतिकको फोटोमा पूर्व पत्नी सुजैन खानले गरेको कमेन्टले धेरैको ध्यान तान्यो — OSNepal

ऋतिकको फोटोमा पूर्व पत्नी सुजैन खानले गरेको कमेन्टले धेरैको ध्यान तान्यो

LC (KTM) June 29, 2021 0

काठमाडौं-बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । हालै उनले एक तस्विर सेयर गरेका छन् । जुन तस्विरले धेरैलाई मोहित बनाएको छ । ‘सर्टलेस’ फोटोमा ‘सिजलिङ एब्स’ देखाइरहेका अभिनेता रोशनको फोटोमा धेरैले कमेन्ट गरेका छन् । अभिनेताका प्रशंसकसहित अन्य बलिउड स्टारहरु उनको यस फोटोमा कमेन्ट गरिरहेका छन् । खासगरी उनकी पुर्वपत्नी सुजैन खानको कमेन्टले धेरैको ध्यान तानेको छ ।

सुजैनले लेखेकी छन् “तिमी २१ को देखिरहेका छौँ ।” त्यस्तै, अभिनेता आर माधवन लेख्छन्, “यी पुरुष लिजेन्डहरुकै प्रतिरुप हुन्… म निकै प्रभावित छु । यो मेरो भाइ मेरो प्रेरणा हो ।” त्यस्तै अर्का अभिनेता टाइगर श्रापले कमेन्टमा ‘बाप’ लेखेका छन् । ऋतिकले केही दिन अघि आफ्नो जन्मदिनको दिन कृष ४ को घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर