कालो चश्मा लगाएर दीपाश्री र स्वस्तिमा निस्के असार १५ को अवसरमा धान रोप्न, हेर्नुहोस् तस्विरहरु — OSNepal

कालो चश्मा लगाएर दीपाश्री र स्वस्तिमा निस्के असार १५ को अवसरमा धान रोप्न, हेर्नुहोस् तस्विरहरु

LC (KTM) June 29, 2021 0

काठमाडौँ – आज असार १५ गते अर्थात धान दिवस । देशभर धान रोपेर मनाइदैछ । यही दिवसकै दिन खेतमा काम गर्दै दही च्यूरा पनि खाने परम्परा छ ।

नेपालमा पछिल्ला दिनमा गाउँबाट शहर पस्नेहरुको संख्या बढ्दै गएर गाउँमा बाजो खेत बढीरहेका बेला शहरमा पनि अहिले पनि फाट्टफुट्ट बाँकी रहेका जमिनमा खेत रोपिन्छ । जुन हरेक वर्ष चर्चित कलाकारहरुले पोटो पोस्ट्याएसँग शहरमा धान दिवसरले चर्चा पाउने गर्छ ।

यसैबिच आज धान दिवसका अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु विभिन्न स्थानमा पुगेर धान रोपाई गर्दै रमाइरहेका छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्का लगायतका कलाकारहरु छुमा छुपु भन्दै धान रोकिरहेको अवस्थामा भेटीए ।

उक्त तस्विरहरु दीपाश्रीले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छिन् । तस्विरमा दीपाश्री गग नै लगाएर खेतमा पुगेको देखिएको छ । जुन अस्वभाविक देखिएको भन्दै फ्यानले कमेन्ट गरेका छन् । आँफ्नो तस्विर पोस्ट गर्दै उनले लेखेकी छिन् – ‘मेरो लालाहरु संग खेत मा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रीय धान दिवसको शुभकामना’ आज दीपाश्री र स्वस्तिमाले भक्तपुरमा पुगेर रोपाँई गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर