बहुचर्चित गायक शिव परियारको नयाँ गीत ‘छैन है गुनासो’ ट्रेन्ड्रिङमा, भिडियोको चर्चा — OSNepal

बहुचर्चित गायक शिव परियारको नयाँ गीत ‘छैन है गुनासो’ ट्रेन्ड्रिङमा, भिडियोको चर्चा

LC (KTM) November 11, 2022 0

काठमाडौं । बहुचर्चित गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय रहेको छ ।

यो समाचार तयार पार्दासम्म भिडियोलाई करिब २ लाखले हेरिसकेका छन् भने भिडियो ट्रेण्डिगंको २६ नम्बरमा आउन सफल भएको छ । डीपी खनालका शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई महेश महराको छायाङ्कन गरेका हुन् ।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ । मोडलिङमा आएको छोटो समयमा नै अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेकी छन् । यसैबीच रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर