३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड राखे यी पुरुषले — OSNepal

३३ सेकेन्डमा विश्वकै ताता खुर्सानी खाएर गिनिज रेकर्ड राखे यी पुरुषले

LC (KTM) November 13, 2022 0

न्युयोर्क, २७ कात्तिक:संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड ९जीडब्लुआर० बनाएका छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३।१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।

पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् । उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर