मापसे गरेर वार्तामा बसेपछि बीपीका उपकुलपति गिरीलाई कार्यकक्षमै थुनियो ! — OSNepal

मापसे गरेर वार्तामा बसेपछि बीपीका उपकुलपति गिरीलाई कार्यकक्षमै थुनियो !

LC (KTM) June 29, 2021 0

सुनसरी- मादक पदार्थ सेवन गरेर वार्तामा बसेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिलाई कार्यकक्षमै थुनिएको छ । उनलाई संयुक्त संघर्ष समितिमा आबद्ध चिकित्सक, नर्स र कर्मचारीहरुले उनकै कार्यकक्षमा थुनिदिएका हुन् ।प्रतिष्ठानमा बढ्दो बेथिति विरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीसँग आज वार्ता गर्ने भनिएको थियो ।

तर उपकुलपति परिसरकै वार्तास्थलमा प्रवेश गर्नासाथ रक्सी खाएर आएपछि गिरिको बोली लरबरिएर बुझ्नै नसकिने भएपछि वार्ता नगरिएको बताइएको छ । जोसँग वार्ता गर्नुपर्ने हो ऊ नै मादक पदार्थ सेवन गरेको थाहा पाएपछि वार्ता हुन नसकेको बताइएको छ । आक्रोसित आन्दोलनकारीहरुले वार्तास्थलमा रहेका उपकुलपति गिरिसहित शिक्षाध्यक्ष, रजिष्ट्रार लगायत ५ जनालाई थुनेका थिए ।

उपकुलपति गिरिको मेडिकल जाँच गर्नुपर्ने र चारै पदाधिकारीले राजीनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिका सहसंयोजक डा। विष्णु पोखरेलले बताए ।प्रतिष्ठानमा लगातार आन्दोलन भइरहेको बेला एकाएक प्रतिष्ठान छाडेर १८ दिन पछि सोमबार आएका उपकुलपति गिरीलाई नागरिक दबाब सञ्जालले तीनदिनभित्र प्रतिष्ठानमा हाजिर हुन चेतावनी दिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर