हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालन — OSNepal

हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालन

LC (KTM) June 29, 2021 0

हरि कुँवर – अर्घाखाँची ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -८ हंसपुर बाझाखर्क निवासी दिपक बेल्वासे सपना सगै हरियो पासपोर्ट बोकेर विदेशी भुमिमा पसिना संग पैसो साट्न हिडेका बेल्वासे अहिले हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालनमा रमाउदै छन ।हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि पशुपालन हो। युवाले उत्पादनमा जोडदिनु अहिलेको आवश्यकता बनेको छ।

गाउँघर को याद मेलापात तिम्रै साथमा ,मेलोपात तिम्रै यादमा धानको बाला झुलेको हेर्दा, हात समाइ हिंडेको साथमा जस्ता – जस्ता याद लाइ पोकोपारी परिवार लाई छोडेर प्रदेश जानु नेपाली को बाध्यता बनेको छ । नयाँ नेपाल नयाँ क्रान्तिका कुरा गर्दै बन्दुक बोकेर लड्ने युवा अहिले हरियो पासपोर्ट बोकेर खाडि तिर जानको लागि अन्तर्राष्ट्रिय बिमानस्थलतिर लम्किनु युवाहरु को रुचि नभई बाध्यतानै बनेको हो।

मालारानी गाउँपालिका का मेहनती दिपक बेल्वासे १० वर्षको खाडी मुलुक साउदी अरबको अनुभव लाई बिकास र समृद्धिको अभियानमा उत्पादन संग जोडिएका छन । उद्यमशीलता मार्फत जीवनस्थर लाई अघि बढाउन मात्र खोजेका होइन स्वदेशमै केहि गर्न सकिन्छ भन्ने वेरोजगार युवाको लागी गतिलो उदाहरण बनेका हुन । वेल्वासेको फार्ममा अहिले ८० वटा बाख्रा देख्न सकिन्छ जसमध्ये २० वटा बोका छन । महिनाको ३० हजार कमाउन विदेश जान्न नपर्ने दिपक वेल्वासे बताउछन। आफ्नै मेहनत ले महिना को ८-१० वटा बाख्रा बेचेर ५० हजार कमाउने वेल्वासे ले बताउछन् । गाउँमा बाख्रा फार्म बनाउनदा २५ लाख खर्च गरेको भएपनि परिवार संग बस्न पाउदा परिवार सगै मेलापात जान पाउदा खुसी रहेको बताए । परिवार बाट बुवा आमा श्रीमतीले साथ सहयोग र हिम्मत दिएपछि काम प्रति झन उर्जा बढेको बताए ।

सरकार ले युवा लाई कृषिमा प्रोत्साहित ,बजार व्यवस्थापन, लगानी को ग्यारेन्टी गर्नुपर्ने बताए ।अमेरिका,स्विजर्ल्याड ,अष्ट्रेलया ,जापान ,चीन लगायत विश्वका धनी देशको जस्तै नेपाल लाई विकसित मुलुकको दाँजोमा पुर्याउने नेताहरु ले भासण गरेपनि कृषिकका दुख जहाँ को त्यहाँ छन। जोशीला मेहनती युवा लाई तिनै तहका सरकार ले पहिलो प्राथमिकतामा राखियो भने विकास मात्र होइन खाद्यसंकट बाट पनि मुलुकलाई बचाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर