रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको ३६ जना सवार यात्रुवाहक बस पल्टियो — OSNepal

रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको ३६ जना सवार यात्रुवाहक बस पल्टियो

LC (KTM) June 29, 2021 0

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भmलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ । साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ । सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५÷३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर