विश्वकपको फाइनल खेल हेर्ने क्रममा पाकिस्तानले हारेपछि विद्यार्थीहरूबीच कुटाकुट • OSNepal

विश्वकपको फाइनल खेल हेर्ने क्रममा पाकिस्तानले हारेपछि विद्यार्थीहरूबीच कुटाकुट

Osnepal Admin (KTM) November 14, 2022 0

काठमाडौं -पञ्जाबको मोगास्थित एक कलेजमा विद्यार्थीका दुई समूहबीच झडप भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान र इङ्ल्यान्डबीच भएको फाइनलमा इङ्ल्यान्डले जितेपछि बिहार र कश्मीरका विद्यार्थीहरू बीच झडप भएको हो ।

सँगै  खेल हेरेरे बसिरहेकामा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो ।दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ ।

अहिले विद्यार्थीबीच भएको झडपको उक्त भिडियो अहिले भाइरल बनेको छ । । अहिले कलेज प्रहरीको निगरानीमा रहेको र सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर