सुनका सिक्काले ढाकिएका भगवान र २००० वर्ष पुराना मूर्ति उत्खननमा भेटिए, खोजी कार्य जारी — OSNepal

सुनका सिक्काले ढाकिएका भगवान र २००० वर्ष पुराना मूर्ति उत्खननमा भेटिए, खोजी कार्य जारी

LC (KTM) November 14, 2022 0

काठमाडौं-

इटालीको सिएना प्रान्तको टस्कनी क्षेत्र पुरातत्वविद्हरूले पानीमा दुई दर्जनभन्दा बढी राम्ररी संरक्षित कांस्य ग्रीको९रोमन देवताहरूका मूर्ति फेला पारेका छन्।

फेला पारिएका यी मुर्तीहरु २ हजार वर्षभन्दा पुराना रहेको बताइएको छ । पुरातत्वविद्हरूले सन् २०१९ देखि यस क्षेत्रमा रहेको पुरानो बाथहाउसका भग्नावशेषहरू खोजिरहेका बेला उक्त मुर्भएहरु फेला पार्न सकिएको हो ।

मुर्ति फेला परेपछि संस्कृति मन्त्रालयका एक शीर्ष अधिकारी मासिमो ओसानाले यी मूर्तिहरूको खोजलाई प्राचीन भूमध्यसागरको इतिहासमा सबैभन्दा अचम्मको खोज भउको बताउका छन् ।

त्यस्तै यानास्थित युनिभर्सिटी फर फरेनर्सका सहायक प्राध्यापक जेकोपो तबोलीले यो निकै महत्वपूर्ण र असाधारण खोज रहेको बताउ ।तबोलीले हाइजिया, अपोलो र अन्य ग्रीको९रोमन देवताका यी मूर्तिहरू पहिले मन्दिरहरूमा सजाइएको बताए। पुरातत्वविद्हरुले आफ्नो टोलीले २४ वटा ठूला मूर्तिहरु फेला पारेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर