• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो

महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3K
    SHARES

    काठमाडौँ-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ ।नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो । यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो ।

    आगामी शुक्रबार महामन्त्री सशाङ्क कोईराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताउनुभयो ।साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा सहमति भएको उहाँले बताउनुभयो । नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend