डोटीका १०० जना विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण — OSNepal

डोटीका १०० जना विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण

LC (KTM) June 30, 2021 0

डोटी- डोटीको सायल गाउँपालिका वडा नं –४ र ५ का कोरोनाका कारण समस्यामा परेका करीब १०० जना विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।सामुदायिक विकास केन्द्र डोटी तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेसी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम अन्तर्गत कोभिड–१९ को महामारीबाट प्रभावित भएका परिवारलाई खाद्यान्न वितरण गरिएको केन्द्रका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहात पाउनेमा आर्थिक अवस्था कमजोर भएका, दैनिक ज्याला मजदुरी गर्ने, दलित, एकल महिला, अपाङ्गता भएका महिला तथा बालबालिका, जोखीममा परेका तथा गर्भवती तथा स्थनपान गराउने महिला रहेका छन् ।उनीहरुलाई प्रति व्यक्ति ३० केजी चामल, तीन केजी दाल, दुई लिटर तेल, दुई किलो नुन, दुइ किलो चिनी र साबुन वितरण गरिएको संस्थाले जनाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमेका र साझ बिहान हातमुख समेत जोर्न समस्यामा परेका पालिकाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर