भेनेजुएलामा कोरोना विरुद्धको व्यापक खोप अभियान शुरु — OSNepal

भेनेजुएलामा कोरोना विरुद्धको व्यापक खोप अभियान शुरु

LC (KTM) June 30, 2021 0

काराकास – भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान शुरु गरेका बताएका छन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ ।

क्युबाली खोप उत्पादक बायोक्युबाफर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।

दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनु पर्दछ । पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका अल्मेन्डेर्सले बताउनुभयो ।क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने बताउँदै अल्मेन्डेर्सले भन्नुभयो, यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको छ । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर