कमला नदीले जलसतह सतर्कता तह पार परेपछि सर्तकता अपनाउन आग्रह — OSNepal

कमला नदीले जलसतह सतर्कता तह पार परेपछि सर्तकता अपनाउन आग्रह

LC (KTM) June 30, 2021 0

काठमाडौं । पानी निरन्तर परिरहेपछि सिन्धुलीमा रहेको कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेपछि सर्तकता अपनाउन आग्रह गरेको हो ।

बाढी पूर्वानुमान महाशाखाले एसएमस अलर्ट गरेर नदीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्म उच्च सतर्कता अपनाउ आग्रह हो ।त्यस्तै आज देशका अन्य विभिन्न स्थानमा पनि ठूलो पानी पर्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर