नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ तथा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको कार दुर्घ टनामा परी निधन — OSNepal

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ तथा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको कार दुर्घ टनामा परी निधन

LC (KTM) June 30, 2021 0

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा।शंकर भण्डारीको दुर्घ टनामा परी निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा मंगलबार साँझ बा १७ च ६०६६ नम्बरको कार दु र्घटना हुँदा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भण्डारी आफैँले चलाएको कार चरंगे खोलाको कल्भर्टबाट खोलामा खसेको थियो ।

दुर्घ टनामा ग म्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारको लागि बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइएपनि अस्पताल नपुग्दै उनको मृत्यु भएको चिकित्सकले बताएका छन् । कारमा भण्डारीसहित तीन जना सवार थिए।

बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर