पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय — OSNepal

पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

LC (KTM) November 15, 2022 0

झापा-नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

उहाँका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा रु २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा रु ३० हजार उपचार सहयोग दिइने भएको छ ।पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई रु ५० हजार उपलब्ध गराइनेसमेत उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि रु एक करोडको पत्रकार उपचार कोष स्थापना गरेको छ । सो कोषमा दाताबाट सहयोग उठाएर हाल रु ६४ लाख जम्मा भइसकेको छ । कोषको ब्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यस अघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर