अब लगातार तीन दिन भारी वर्षा हुने सर्तक रहन आग्रह — OSNepal

अब लगातार तीन दिन भारी वर्षा हुने सर्तक रहन आग्रह

LC (KTM) June 30, 2021 0

काठमाडौं- आज भारी वर्षाको सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर