भारतमा पछिल्लो पछिल्लो २४ घण्टामा ८१६ संक्रमितले गुमाए ज्यान — OSNepal

भारतमा पछिल्लो पछिल्लो २४ घण्टामा ८१६ संक्रमितले गुमाए ज्यान

LC (KTM) June 30, 2021 0

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा थप ४५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा आज सम्म कोरोना संक्रमितको संख्या ५ लाख ४३ हजार ७१८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८१६ संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर