सहनै नसकिने गर्मी भएपछि ६० जना बढीले गुमा ए ज्या न — OSNepal

सहनै नसकिने गर्मी भएपछि ६० जना बढीले गुमा ए ज्या न

LC (KTM) June 30, 2021 0

क्यानडा-क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृ त्यु भएको छ । समाचारमा जनाइए अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृ त्यु भएको हो। ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेपछि त्यहाको जनजीबन प्रभावित बनेको छ ।

यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन। रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी र परिवारका सदस्य एवम् ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आम समुदायलाई आग्रह गरेका छन् ।

खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्’, उनले भने, ‘यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक रहेको उनले बताएका छन् । प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै सयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेको बताइएको छ । ‘सहनै नसकिने’ गरी तापक्रम बढेपछि ६० जना बढीले ज्या न गुमाएका हुन् ।

गर्मी छल्न चिसो कोठामा बसेका पोर्टल्याण्डका बासिन्दा । तस्बिर : एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर