बलिउडमा अभिनेत्री साराको बाल्यकालको एउटै तस्बिरको चौतर्फि चर्चा, शेयर गरेको केहि घण्टामै लाखौले हेरे — OSNepal

बलिउडमा अभिनेत्री साराको बाल्यकालको एउटै तस्बिरको चौतर्फि चर्चा, शेयर गरेको केहि घण्टामै लाखौले हेरे

LC (KTM) June 30, 2021 0

मुम्बई – बलिउड अभिनेत्री सारा अली खान सुन्दर नायिकामध्येमा पर्दछिन्। सुन्दर मुहारसँगै अभिनयका कारण पनि सारा अली खान चर्चामा आउने गरेकी छन्। साराको सुन्दरता र अभिनयले धेरैलाई मोहित पनि पारेको छ।

पछिल्लो समय भने सारा अलि खान भिन्न कारणले चर्चामा आएकी छन्। उनको बाल्यकालको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको फुपू सबा अली खानले साराको बाल्यकालको एउटा तस्बिर सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेकी थिइन्।

उक्त तस्बिरमा साराको चञ्चले स्वभाव देखिन्छ। साराको बाल्यकालको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। अन्नपुर्ण पोष्टमा खबर छ । धेरैले साराको चञ्चले स्वभावको प्रशंसा पनि गरेका छन्। साराको बाल्यकालको यादहरूलाई सामाजिक सञ्जालमार्फत सेयर गरेकोमा धन्यवाद पनि दिएका छन्।

तस्बिरमा साराले सेतो रङको टप लगाएकी छन्। उनले फोटो खिच्ने क्रममा आफ्नो जिब्रो बाहिर निकालेकी थिइन्। सबाले तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘जब मैले सारा स्माइल भनें, साराले तत्कालै आफ्नो जिब्रो निकालेर गज्जबको पोज दिइन्। मैले पनि राम्रै तस्बिर खिचेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर