चर्चित डान्सर विना राउत ‘माओवादी केटो’सँग बिहे गर्ने ! (भिडियो) — OSNepal

चर्चित डान्सर विना राउत ‘माओवादी केटो’सँग बिहे गर्ने ! (भिडियो)

LC (KTM) November 17, 2022 0

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित गीत सार्वजनिक गरेको छ । ‘ए माओवादी केटी’ बोल गीतमा   चर्चित डान्सर तथा मोडल विना राउत र सरोज प्रजा रानाले अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा विना र सरोजको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

भिडियो शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।वि–स्टार नेपाल नामक युट्युब च्यानलमार्फ सार्वजनिक गीतमा संगीतकार समेत रहेका चेतन सापकोटा र पवित्रा गुरुङको स्वर रहेको छ ।समीर दाहालले लेखेको गीतका लागि सुरेश अधिकारीले संगीत संयोजन गरेका छन् ।

यो भिडियो कुनै व्यवसायी म्युजिक भिडियोमा भन्दा कम छैन । चर्चित कलाकारलाई लिएर निर्माण गरिएको यो भिडियो युट्युबमा अपलोड गरेको केही घण्टामै चर्चामा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर