दाउन्नेको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध , यात्रुको बिचल्ली — OSNepal

दाउन्नेको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध , यात्रुको बिचल्ली

LC (KTM) June 30, 2021 0

नवलपरासी पूर्व-दाउन्नेमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । बर्दघाट–दुम्किवास खण्डको ध्यू खोलानजिक पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा बिहान ९ बजेबाट राजमार्ग अवरुद्ध भएको हो । विश्वकर्मा मन्दिरदेखि पूर्वतर्फ झरेको पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो हटाउने काम भइरहेकाले गाडीहरू बर्दघाट र दुम्कीवासमा रोकिएको छ भने यात्रुके बिचल्ली भएको छ ।  लगातारको वर्षाले दाउन्नेको ठाउँठाउँमा पहिरो खसेका कारण राजमार्गको यात्रा जोखिमपूर्ण बनेको बताइएको छ ।

बर्दघाटसँग समन्वय गरेर पहिरो हटाउने र यातायात सुरु गर्ने काम भरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई प्रेम पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर