नायिका मन्दिरा बेदीका पति राज कौशलको निधन, शोकमा बलिउड — OSNepal

नायिका मन्दिरा बेदीका पति राज कौशलको निधन, शोकमा बलिउड

LC (KTM) June 30, 2021 0

एजेन्सी-बलिउड नायिका मन्दिरा बेदीका पति राज कौशलको बुधबार विहान हृदयघातका कारण निधन भएको छ । भारतिय मिडियाका अनुसार राजको आज बिहान कोरोनाका कारण निधन भएको हो । राजलाई बिहान ४स्३० मा घरमा नै हृदयघात भएको थियो ।

उनलाई उपचारको लागि अस्पताल लगे पनि अस्पताल पुग्नु अघि नै उनको निधन भइसकेको बताइएको छ । अभिनेताका रुपमा फिल्मी करियर सुरु गरेका राजले आफ्नो करियरमा ‘प्यार में कभी–कभी’, ‘शादी का लड्डु’ र ‘एंथनी कौन है’ निर्देशन गरिसकेका छन् ।

मन्दिराले सन् १९९९ फेब्रुअरी १४ मा राजसँग विवाह गरेकी थिइन् । उनीहरुको वीर र तारा गरी दुई धर्म सन्तान छन् ।प्रेम विवाह गरेका मन्दिरा र राजको विवाह कुनै फिल्मको कथा भन्दा कम थिएन किनकी दुवैको परिवार विवाहलाई लिएर खुशी थिएनन् । राजको निधनले बलिउड शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर