राष्ट्रपति सन्तुष्ट भए मात्र धारा ७६ (५)बाट प्रधानमन्त्रीमा दावी गर्न पाउने — OSNepal

राष्ट्रपति सन्तुष्ट भए मात्र धारा ७६ (५)बाट प्रधानमन्त्रीमा दावी गर्न पाउने

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ अनुसार । संसद विघटन विरुद्ध परेको रिटमा सरकारको पक्षबाट आज पनि सरकारको प्रतिरक्षा गर्ने बहस जारी भइरहेको छ । सरकारको प्रतिरक्षा गर्दै सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले विश्वासको मत नपाउने भएपछि प्रधानमन्त्रीले संसदमा परिक्षा दिनु नपर्ने जिकिर गरेका छन् ।

विश्वासको मत नपाएपछि संसदमा जनु पर्छ भनेर संविधानमा नभनिएको भन्दै रिजालले इजलासमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘अविश्वासको प्रस्ताव पास गराउन संसदमा जानु पर्दैन, संविधानले पनि भनेको छैन’ रिजालले भने ।

संविधानको धारा ७६ (५) बाट प्रधानमन्त्री दावी गर्ने प्रतिनिधिसभाका सदस्यले पेश गरेको ‘आधार’को बारेमा राष्ट्रपति सन्तुष्ट भए मात्र प्रधानमन्त्री बन्न पाउने दावी गरेका रिजालले इजलासमा बहस गर्ने क्रममा भने, धारा ७६ (३) बमोजिम नियुक्त केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि उपधारा ५ बमोजिम अर्को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिकहाँ जानु भएको हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर