निर्वाचनका दिन चार्टर्ड उडान मात्रै — OSNepal

निर्वाचनका दिन चार्टर्ड उडान मात्रै

LC (KTM) November 19, 2022 0

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताउनुभयो । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर