बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्यान, परिवारमा रुवाबासी — OSNepal

बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्यान, परिवारमा रुवाबासी

LC (KTM) June 30, 2021 0

काठमाडौं । बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निधन भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए । झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृत्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।

डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अचेत बनेकी थिइन् । ताको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको बताइएको छ । उनीहरुको थप उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर