वृषलाई आर्थिक लाभ हुने, अन्य राशिको कस्तो छ आज ? — OSNepal

वृषलाई आर्थिक लाभ हुने, अन्य राशिको कस्तो छ आज ?

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर:आजको पात्रो : ४ मंसिर २०७९, आइतबार । तद्नुसार नोभेम्बर महिनाको २० तारिक २०२२ । मार्गकृष्णपक्ष एकादशी, आजको एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । एकादशीको व्रत लिने व्यक्तिले आजको दिन अन्न ग्रहण गर्दैनन्, फलाहार खान्छन् ।

आज बालब करण, हस्त नक्षत्र, प्रीति योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२९ र सूर्यास्त ५ः११ मा हुनेछ । अभिजित मुहूर्त ११ः२९ देखि १२ः११ सम्म हुनेछ । आजका देवता विष्णु र ग्रहदेव बुध हुन् ।

आइतबार सूर्यको दर्शन गर्नु उत्तम हुनेछ । साताको पहिलो दिन बिहान उदाउँदो सूर्यको दर्शन गर्नु शुभ हुनेछ । आज साँझ ३ः५१ देखि ५ः११ सम्मको समय राहुकाल रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला । कसैको अहित हुने काम पनि नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशाको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ । मनमा चिन्ता र भय हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र सत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने आशीर्वादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हटने छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनको साथ सहयोग पाउनुहुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतबार उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साताभित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर