प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान — OSNepal

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

LC (KTM) November 20, 2022 0

भक्तपुर-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

यो पनि:कांग्रेस महामन्त्री थापाद्वारा मतदान- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ । यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर