• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

खुमन, राधिका र खेम सेञ्चुरीको नयाँ गीतको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो

खुमन, राधिका र खेम सेञ्चुरीको नयाँ गीतको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • ८:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.5K
    SHARES

    जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङ्कटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ ।

    शब्द सिर्जना नेत्र आर्यालले गर्नुभएको छ भने सङ्गीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गर्नुभएको छ भने भिडियो निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् ।

    गत वर्ष उहाँकै स्वर तथा सङ्गीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उहाँले सङ्गीत रहेको अर्को गीत ‘चिया छानेको’ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend