अभिनयकै लागि भनेर यी कलाकारले बिचमै छोडेका थिए पढाई , बलिउडका स्टार कलाकार कस्ले कति पढेर छोडे त ? — OSNepal

अभिनयकै लागि भनेर यी कलाकारले बिचमै छोडेका थिए पढाई , बलिउडका स्टार कलाकार कस्ले कति पढेर छोडे त ?

LC (KTM) June 30, 2021 0

स्वर्गिय कलाकार इरफान खानका छोरा बाबिल खान आफ्नै पिताको बाटो तिर लाग्दै फिल्म लाईन तिर छिरेका छन् । तर यसका लागि उनले पढाई नै छोडिदिएका छन् । बाबिल आफैले सामाजिक सञ्जाल मार्फत कलेज ड्रप आउट गरेको कुरा सार्वजनिक गरेका छन् ।

बाबिल जस्तै बलिउड फिल्म उद्योगमा बिचमै पढाई छोडेर अभिनयको दुनियामा लागेका यस्ता थुप्रै स्टारहरु रहेका छन् । कलेज ड्रप आउट गर्नेमा बलिउडका चलेका स्टारहरु सलमान खान, सुशान्त सिंह राजपुत, शाहरुख खान, प्रियंका चोपडा, दीपिका पादुकोण आलिया भट्ट लगायत रहेका छन् । आउनुहोस् कसले कति सम्म पढेर छोडे जानौ ।

शाहरुख खान

शाहरुख खानले ग्राजुएशन सम्मको पढाई गरेका छन् । यसपछि उनले पोष्ट ग्राजुएशनमा पनि एडमिसन गरेका थिए तर अभिनयको दुनियाँमा आउने भएपछि उनले आफ्नो पढाई छोडेका थिए ।

सुशान्त सिंह राजपुत

सुशान्त सिंह राजपुत इन्जिनियरिङको बिद्यार्थी थिए । उनले दिल्ली कलेज अफ इन्जिनियरिङको इन्ट्रान्स एक्जाममा इण्डियाभर बाट टप ७ मा पर्न सफल भएका थिए । यसको अलवा उनले ११ इन्जिनियरिङ एक्जाम्स क्लियर गरेका थिए । उनी फिजिक्सका नेशनल ओलम्पियाड विनर समेत रहेका थिए । तर अभिनयमा करियर बनाउनकै लागि उनले कलेजको तेस्रो बर्ष देखी कलेज छोडि दिएका थिए ।

रणबीर कपुर

रणबीर कपुरले ग्राजुएशन गरिरहेका थिए जब उनलाई पहिलो फिल्म अफर भयो । यस अफर मिलेपछि रणबीरले आफ्नो पढाई बिचमै छोडिदिए र फिल्ममा करियर बनाउन तिर लागे ।

प्रियंका चोपडा

प्रियंका चोपडा जब १२ क्लासमा थिईन् तब उनले मिस वल्र्डको टाईटल जितेकी थिईन् । ब्युटी प्याजेन्ट जितेपछि उनलाई अफर आउन लाग्यो । यसपछी उनले १२ पुरा गर्ना साथ मोडलिङ तथा एक्टिंग गर्न सुरु गरेकी थिईन् ।

सलमान खान

सलमान खानले कलेज बिचमै छोडिदिएका थिए । यसपछि उनले फिल्म ब्याग्राउण्ड भएको आफ्नो परिवारकै बाटो रोजेका थिए । त्यसपछि उनलाई सफलता मिल्यो र पढाई तिर कहिल्यै फर्किएर हेरेनन् ।

दीपिका पादुकोण

दीपिका पादुकोणले आफ्नो स्कुलिंग पुरा गरेपछि पढाईलाई निरन्तरता दिएकी थिईन् । उनले ग्राजुएशन सुरु गरेकी थिईन् त्यसपछि मोडलिङमा अफर आयो । उनले यतिकैमा आफ्नो पढाई छोडिदिएकी थिईन् ।

श्रद्धा कपुर

श्रद्धा कपुरले वोस्टन युनिर्भसिटीको साइकोलोजी कोर्समा एडमिसन लिएकी थिईन् । पढाईको बीच मै श्रद्धालाई आफ्नो पहिलो फिल्मको अफर आयो । जस्को लागि उनले बिचमै पढाई छोडिदिईन् ।

अक्षयकुमार

अक्षयकुमारले धेरै पढेका छैनन् । उनले मार्शल आर्टस् सिक्नको लागि कलेज नै छोडिदिएका थिए । त्यसपछि उनले पढाई कहिल्यै गरेनन् ।

आमिर खान

बलिउडको मिस्टर परफेक्शनिष्टका रुपमा चिनिएका उनी हरेक कुरामा परफेक्ट भए पनि शिक्षाको मामलामा पछि नै रहेका छन् । उनी १२ पुरा गरेपछि फिल्म लाईन तिर छिरेका थिए । उनले पढाई अघि बढाउनुको सट्टा फिल्ममा आफ्नो करियर बनाएका थिए ।

कैट्रिना कैफ

बलिउडकी चर्चित अभिनेत्री कैट्रिना कैफ सानै देखी एक देश बाट अर्काे देश ट्राभल गर्दा गर्दै उनले स्कुलमा पढ्ने कुनै मौका नै पाईनन् । उनले घरमै पढाई गरिन् र मोडलिङ तिर आफ्नो करियर सुरु गरेकी थिईन् ।

ऐश्वर्या राय बच्चन

ऐश्वर्या राय सानै देखी एकदमै तिक्ष्ण क्षमता भएकी बिद्यार्थी हुन् । उनले आर्किटेक्चरम एडमिसन गरेकी थिईन् । फिल्ममा आउनका लागि उनले आफ्नो पढाई बीचमै छोडिदिएकी थिईन् ।

आलिया भट्ट

आलिया भट्टले एकदमै कम उमेरमा बलिउड प्रबेश गरेकी थिईन् । उनले १२ कक्षा पास गरेकी थिईन् । अघिको पढाई जारी नराख्दै उनलाई फिल्मको अफर आउन थाल्यो र उनले फिल्ममै आफ्नो करियर बनाईन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर