बलिउड पुरै शोकमा , निर्देशक तथा निर्माता राज कौशलको हृदयघातका कारण निधन , बिक्षीप्त पत्नीलाई बलिउडका सेलीब्रेटीले दिए धैर्य धारण गर्ने हौसला — OSNepal

बलिउड पुरै शोकमा , निर्देशक तथा निर्माता राज कौशलको हृदयघातका कारण निधन , बिक्षीप्त पत्नीलाई बलिउडका सेलीब्रेटीले दिए धैर्य धारण गर्ने हौसला

LC (KTM) June 30, 2021 0

मन्दिरा बेदीका श्रीमान् निर्देशक तथा निर्माता राज कौशलको आकस्मिक निधनले बलिउड पुरै शोकमा डुबेको छ । हृदयघातका कारण ४९ बर्षको उमेरमै राज कौशलले अन्तिम श्वास लिए । आज बिहान ११ बजे राजको अन्तिम यात्रा निकालिएको थियो ।

उनको श्रीमती मन्दिरा, छोरा बीर तथा राजलाई देखेर अन्य सेलीब्रेटीहरु समेत एकदमै भावुक भएका थिए । सेतो कपडा तथा फुलमा लपेटिएका राजलाई देखेर उनकी पत्नी मन्दिराले आफैलाई रोक्न सकेकी थिईनन् । उनले मास्क लगाए पनि उनको आँखा बाट छचल्किएको आँसुले उनको पीडा प्रष्ट देखाईरहेको थियो ।

उनी पटक पटक आफ्नो पतिको शव छेउमा गईरहेकी थिईन् । राजको अन्तिम दर्शनमा उनी एकदमै बिक्षीप्त बनेकी थिईन् उनलाई अन्य बलिउडका सेलीब्रेटीहरु पुगेर ढाँडस बढाईदिएका थिए ।

बलिउडमा राम्रो छबि बनाएका राज कौशलको आज बिहान हृदयघातका कारण ४९ बर्षको उमेरमा निधन भएको हो । राज र मन्दिराको २ छोराहरु रहेका छन् । उनीहरुले बिबाह गरेको १२ बर्ष पछि छोरा बीर लाई जन्म दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर