नेकपा एमालेको स्थायी कमिटि सदस्यमा पुर्व माओवादीका ४ जना सहित ८ जना थपिए — OSNepal

नेकपा एमालेको स्थायी कमिटि सदस्यमा पुर्व माओवादीका ४ जना सहित ८ जना थपिए

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । नेकपा एमालेको रुपान्तरित केन्द्रीय कमिटीले स्थायी कमिटिमा ८ जनालाई थप रहेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैँठकले आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपतान्तरण गरेको हो ।

योसँगै अब पार्टीका सम्पुर्ण काम कारवाही केन्द्रिय कमिटिबाटै नै हुने भएको छ । थपिएका स्थायी कमिटी सदस्यमा एमालेका ४ र माओवादीका ४ नेता रहेका छन् । जसमा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित पुर्वमाओवादीका एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

१० औँ महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै बनेको केन्द्रीय कमिटीमा अन्य सदस्य भने यथावत नै रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । नेता माधव नेपालसहित ११ जनामाथि गरिएको कारबाही पनि खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर