अचानक बिरामी भएपछि अभिनेता नसीरुद्दीन अस्पताल भर्ना — OSNepal

अचानक बिरामी भएपछि अभिनेता नसीरुद्दीन अस्पताल भर्ना

LC (KTM) June 30, 2021 0

काठमाडौं- बलिउड अभिनेता नसीरुद्दीन शाह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार स्वास्थमा समस्या देखिएपछि उनलाई खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । शरीरमा निमोनिया भएपछि भर्ना गरिएको उनको उपचार भइरहेको बताइएको छ ।

उनकी श्रीमति रत्ना पाठक शाहका अनुसार उनको उपचार भइरहेको छ । रत्नाले नसीरुद्दीनको स्वास्थ्य स्थिर रहेकाले केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताएकी छन् । कैयौंपटक राष्ट्रिय पुरस्कार जितिसकेका नसीरुद्दीन पछिल्लो पटक सन् २०२० मा ‘मी रक्सम’मा देखिएका थिए ।

नसीरुद्दीनले आफ्नो फिल्म करियरको सुरुवात सन् १९७५ मा फिल्म ‘निशान्त’बाट गरेका थिए ।उनले ‘आक्रोश,’ ‘स्पर्श’, ‘मिर्च मसाला’, ‘भवानी भवई’, ‘अर्ध सत्य’, ‘मंडी’ र ‘चक्र’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर