ललितपुर टिकाथलीबाट इटाली पठाई दिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई फरार रेग्मी पक्राउ — OSNepal

ललितपुर टिकाथलीबाट इटाली पठाई दिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई फरार रेग्मी पक्राउ

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । वर्किङ भिषामा इटाली पठाई दिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई ठगी गर्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ड बस्ने ३६ वर्षीय उमेश रेग्मी रहेका छन् ।

रेग्मीलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले ललितपुर टिकाथलीबाट हिजो पक्राउ गरेको हो । रेग्मीले जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३ बस्ने वर्ष २३ को सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी प्रलोभनमा पारी जनही रु १० लाख ५० हजारका दरले ३१ लाख ५० हजार रकम अशुल गरेका थिए ।

साथै निज रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर