यस्तो हुनेछ आज दिनभरको मौसम – OSNepal

यस्तो हुनेछ आज दिनभरको मौसम

Osnepal Admin (KTM) November 23, 2022 0

काठमाडौं, ७ मंसिर- देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । 

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर