जातिय विभेद गरेको भन्दै तिन दिन हिरासतमा बसेकी घरबेटी प्रधानले दिइन् सुनार विरुद्ध उजुरी — OSNepal

जातिय विभेद गरेको भन्दै तिन दिन हिरासतमा बसेकी घरबेटी प्रधानले दिइन् सुनार विरुद्ध उजुरी

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । रुपा सुनार माथि जातिय विभेद गरेको भन्दै तिन दिन हिरासतमा बसेकी घरबेटी सरस्वती प्रधानले सुनार विरुद्ध उजुरी दिएकी छन् । प्रधानले आफ्नो अनुमति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोपमा सञ्चारकर्मी सुनार विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् ।

प्रभानले दिएको उजुरीमा लेखिएको छ, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ’।

रुपाले अपाराधिक नियतका साथ कोठा खोज्न आएको भन्दै उनीसँगै आउने अन्य दूई जना माथि पनि प्रधानले उजुरी मार्फत कारवाहीको माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर