७ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १९ वर्षीय निशान पक्राउ — OSNepal

७ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १९ वर्षीय निशान पक्राउ

LC (KTM) November 23, 2022 0

काठमाडौं, ७ मंसिर – भक्तपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दाङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगी नवराजले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर